नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले सरकारसँग जनताको कोरोना परीक्षण र उपचार निशुल्क गर्न सहयोग मागेका छन । सरकार राष्ट्र र जनताप्रति गैर जिम्मेवार बनेको भन्दै सम्पूर्ण नागरिकको निशुल्क कोरोना परीक्षण र उपचारको व्यवस्था गर्न माग पनि गरेका छन् ।
महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गरी गरी सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्तजनतालाई राहत पुयाउनलाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय भएको भन्दै यसले सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको बताएका छन् ।
साथै विज्ञप्तिमा, सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्थागर्न विशेष माग गर्दछ । भनिएको छ ।
“विभिन्न कठिनाइ झेल्दै कोरोनामहामारीविरुद्ध निरन्तर खटिरहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई राज्यबाट प्रोत्साहन र सहयोग गर्नुपर्नेमाकतिपयअवस्थामा उल्टै प्रताडित हुनुपरेका घटनाहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी कोरोना महामारीका क्रममा ज्यान जोखिममा राखीअग्रमोर्चामा खटिरहेका सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मीलगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गर्दछ ।” विज्ञप्तिमा भनिएको छ ।
साथै नेकपाले कार्तिक १५ गतेदेखि आन्दोलनको समेत घोषणा गरेको छ । जस अनुसार कार्तिक १५ गते कोण सभा, कार्तिक १७ गते पर्चा वितरण र कार्तिक २० गते बिरोध जुलुश गर्ने कार्यक्रम रहेको छ ।