खाद्यान्नको समयावधि सकिनै लाग्दा भारतबाट खाद्यान्न ल्याएर नेपालमा नयाँ मिति राखेर बजारमा पठाउने गिरोह चलाइरहेका बंका दाजुभाइले नेपाली नागरिकता पनि लिएको खुलासा भएको छ ।

स्वास्थ्यमा गम्भीर असर पर्ने डेट एक्सपायर्ड खाद्यान्नलाई यो गिरोहले नयाँ मिति हाल्दै बजारमा पठाउने गरेको यसअघि नै खुलासा भएको हो । १८ असोजमा प्रहरीले कलंकीमा रहेको एक पाँच तले घरमा छापा मार्दा उनीहरुले यस्तो गम्भीर खेलवाड गरेको पुष्टि भएको थियो ।

प्रहरीले यो घरबाट सात जनालाई पक्राउ गरेको थियो । तर, मनिष गोयलको सेटिङमा उनीहरुलाई प्रहरीले केही दिनमा नै सहजै रिहा गरिदियो ।

यो गिरोहलाई प्रहरी र नेपाल सरकारको कारवाहीबाट बचाउन पूर्वप्रधानमन्त्री बाबुरामको भुमिका रहेको पनि खुलासा भएको छ ।

एसएसटी ग्रुपका सन्चालक अनिल बंका खासमा भारतीय नगारिक हुन् । अहिले पनि उनको भारतीय भोटर आइडीमा नाम रहेको छ । उनका भाइ प्रवीण बंकाको नाम पनि भारतीय भोटर लिस्टमा रहेको छ । तर, अहिले नेपालमा विभिन्न कम्पनी उनले आफ्नै नाममा खोलेका छन् । यसका लागि उनले सेटिङ मिलाएर नै नेपाली नागरिकता समेत लिएको  बुझीएको छ।

भारत विहारको डालसिंङ सरायका प्रवीणले आफूलाई आजभोलि नेपालमा प्रतिबन्धित र अवैध धन्दा चलाउन नेपाली नागरिकता पनि लिएका छन् ।

प्रवीण बंकाका बाबु सत्यनारायण बंका हुन् । भारतको बिहारको भोटर लिस्टमा सत्यनारायण बंकाका तीन छोराको पनि नाम छ । सुनिल बंका, अनिल बंका र प्रवीणकुमार बंका । यीनै प्रवीणले नेपाली नागरिकता पनि लिइसकेका छन् ।

उनले २०६३ सालमा नै नेपाली नागरिकता लिएका हुन् । उनले वंशजको आधारमा पर्सा जिल्लाबाट नागरिकता लिएको पुष्टि भएको छ ।

२०६३ साल चैत १८ गते प्रवीणले पहिले बाबुलाई नागरिकता दिलाएर उनकै छोराको रुपमा जन्मसिद्ध नागरिकता लिएका छन् । तर, उनका दाइ अनिल बंकाले नेपाली नागरिकता लिइसकेका छैनन् । ०४६ सालअघि नेपालमा जन्मेकाहरुलाई ०६३ सालमा सरकार जन्मसिद्धको आधारमा नागरिकता वितरण गर्ने निर्णय गरेपछि बंकाले त्यही टोलीबाट प्रशासकीय अधिकृत दुर्गादत्त ढकाल सिग्नेचरमा नागरिकता लिएका छन् ।

‘त्यही नागरिकता लिएपछि उनलाई नेपालमा आफ्नो अवैद्य धन्दा चलाउन सहज भएको छ।

त्यसपछि आफू पनि नेपाली नागरिक रहेको प्रमाण देखाउदै प्रवीण बंकाले नेपालमा अवैध काम गरिरहेका छन् । अनि उनलाई यसमा सहयोग गरिरहेका छन्, उनकै दाइ अनिल बंकाले ।

१८ असोजमा प्रहरीले उनीहरुको गोदाममा छापा मार्दा अनिल बंका पोखरामा थिए । गोदाममा प्रहरीले छापा मारेको र भाइ प्रवीण पक्राउ परेको थाहा पाएपछि अनिल पोखराबाट फर्किएर काठमाडौं आए । तर, काठमाडौंमा उनी सुरुमा आफ्नो घरमा गएनन्, साथी सन्जय सिंघानियाको घरमा गए । प्रहरीले सन्जयको घरमा पनि छापा मार्यो, उनलाई पनि पक्राउ गर्यो ।

त्यसपछि यी दुईले मनिष गोयललाई प्रयोग गरेर प्रहरीसँग सेटिङ मिलाए ।

म्याद नाघेको तथा रिलेबलिङ धन्दामा यी भारतीय नागरिक सक्रिय रहेपनि नेपाल सरकारबाट उनीहरुलाई उन्मुक्ति दिने तयारी थालिएको छ ।

यस्तै आरोपमा यसअघि पक्राउ परेका विशाल ग्रुपका पुप्षा अग्रवालसहित रोनक बोथ्रा अहिले कारबाहीमा छन् । यहासम्म कि रोनक बोथ्रा भारतीय नागरिक भएकोले उनलाई अहिले पुपक्र्षमा हिरासतमा राखिएको छ । तर, एउटै प्रकृतिको अपराधमा पक्राउ परेका अर्का भारतीय नागरिक अनिल बंकालाई रिहा गरिएको छ ।

यसको प्रमाण हेर्नुहोस्, तलको तस्वीरमा ।