पुर्ब सहकर्मी विप्लवसंग गृहमन्त्री आक्रमक, बिप्लवका गतिविधि निस्तेज पार्न प्रहरीलाई निर्देशन

कोरोना महामारीले सिंगो देशलाई पिरोलिरहेको बेला  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भने प्रतिबन्धित विप्लव नेकपालाई निस्तेज पार्ने उद्घोष गरेका छन् ।

प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले विप्लव नेकपालाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

‘संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हक, अधिकार निर्भीकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोशिस गरिरहेका छन्’, बादलले भनेका छन्, ‘त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न नेपाल प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झौता गर्ने छैन भन्ने मेरो पूर्ण विश्वास छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *