औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईले पाएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज मन्त्रिस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी भरत भट्टराईलाई दिने निर्णय गरेका हुन् ।उनी दुई महिना अघि एघारौँ तहमा बढुवा भएका थिए ।तर उनको पदस्थापन हुन सकेको थिएन् ।

विभागमा यसअघि महानिर्देशक रहेका नारायण ढकाललाई राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको छ ।