बुधबार गरेको मन्त्रिपरिषद् हेरफेरबाट विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएका छन् । मन्त्री पौडेलले बिहीबार बिहान राष्ट्रपति कार्यालय शीतल निबास पुगेर पद तथा गोपनीयताको सपथ लिए । 

सपथपछि अर्थमन्त्रालयमा मन्त्री पौडेललाई स्वागत गर्ने कार्यक्रम थियो । अर्थमन्त्रीमा पौडेलको पदबहाली गरेको रिपार्टिङ गर्न र फोटो खिच्नका लागि अर्थमन्त्रालयमा पत्रकारलाई प्रवेश दिइएन । प्रवेश नदिनुको कारण पनि केही बताइएन ।

बिहान साँढे ११ बजे सपथ लिएपछि अथएमन्त्री पौडेल सिधै सिंहदरबार आएनन् । उनी शहीदपार्क लैनचौर, मदननगर बल्खु लगायतका ठाउँमा पुगेर उनी पदबहालीका लागि आएका थिए ।

उनीसँगै सपथ लिएका अन्य मन्त्रीहरुले पदबहाली गर्नेक्रममा भने पत्रकारलाई रोकिएको थिएन ।

बिहीबार बिहान मन्त्री पौडेल सँगै शहरी विकास मन्त्री गोपालमान श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्री लिलानाथ श्रेष्ठले पनि सपथ लिएका थिए । यसअघि महिला बालबालिका जेष्ठनागरिक मन्त्री रहेका पार्वत गुरङले बुधबार पाएको जिम्मेवारी अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पदबहाली गरेका छन्।