नेकपा माओवादी केन्द्र भित्रको विवाद उत्कर्षमा पुगेको छ । नेकपा माओवादी (केन्द्र)ले पार्टी अध्यक्ष गोपाल किराँतीलाई अध्यक्ष पदको जिम्मेवारी वाट हटाउने सम्मको निर्णय गरेको छ ।
पार्टीको यहि असोज २५ र २६ गते काठमाण्डौमा वसेको पोलिटव्युरो वैठकले यस्तो निर्णय गरेको एक पोलिटव्युरो सदस्यले वताएका छन। अध्यक्ष किराँतीलाई पद वाट हटाउने निर्णय संगै कार्यवाहक अध्यक्ष पार्टीका यसअघि उपाध्यक्ष पदमा रहनु भएका तिलक थापालाई जिम्मा दिने निर्णय पनि गरेको छ ।

अध्यक्ष किराँतीले विपद सेना र वुद्ध दर्शन माक्र्सवादको चौथौ संगठनक अंक हुने विचार ल्याएपछि पार्टीमा लामो समय देखि विवाद हुदै आएको थियो । पोलिट व्युरो वैठकमा अध्यक्षले कि त रुपान्तरण हुनु पर्ने कि पार्टीको अध्यक्ष पदको जिम्मेवारी छोड्नु पर्ने वहस भएपछि अध्यक्ष किराँतीले आफनो विचारमा पुनर्ःविचार तत्काल गर्न नसक्ने अडान लिनु भएको थियो ।

सो अडान पछि वैठकले पार्टीको सल्लाहाकारको जिम्मेवारीमा रहने गरि अध्यक्षको जिम्मेवारी वाट हटाउने निर्णय गरेको एक पिविएमले वताएका छन । उनका अनुसार आगामी मंसिर ८ गते वस्ने पार्टीको केन्द्रीय समितिको वैठकले अध्यक्ष किराँतीलाई हटाउने निर्णयको अनुमोदन गर्नेछ । तर केन्द्रीय समितिको वैठकले अध्यक्ष किराँतीलाई अध्यक्ष पद वाट हटाउने निर्णयको अनुमोदन नगरे पुन किराँती नै अध्यक्ष हुने सम्भावना पनि रहनेछ । प्रचण्ड नेतृत्वमा रहेको माओवादी केन्द्र २०७४ साल जेठ ३ गते एमालेमा विलय हुने समयमा किराँतीले प्रचण्ड वाट ठुलो संघर्ष गरि माओवादी केन्द्र पुर्न गठन गरि पार्टी जोगाउनु भएको थियो । त्यसपछि २०७५ साल फागुन १ गते देखि ३ गते सम्म काठमाण्डौमा भएको पार्टीको ८ आठौं महाधिवेशनले किराँतीलाई पार्टी अध्यक्षको जिम्मेवारी दिएको थियो ।