सुर्खेत ।पश्चिममा विशेष गरि कर्णालीमा शाही प्ररवृत्ति हाबी छ।  शाही प्ररवृत्ति भनेेेको राजारजौटा ले अपनाउने प्रवृत्ति हो। कर्णाली प्रदेशमा विशेष गरि ठकुरी हरुले एक आपसमा राजा भनेर सम्बन्ध बनाउने  गर्छन्। यस्तो सम्बन्ध  मुख्यमन्त्री महेन्द्रवहादुर शाही र प्रमुख सचेतक गुलावजंग शाह बीच   नभएको होइन । तर अहिले  नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा दलका नेता तथा कर्णालीका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रमुख सचेतक (राजा ) गुलावजंग शाहलाई पदमुक्त गरेका छन् । शाहीले प्रदेश सभादलको प्रमुख सचेतकको जिम्मेवारीवाट पदमुक्त गरी सांसद सिता कुमारी नेपालीलाई उक्त पदमा नियुक्त गरेका हुन् ।

हिजो मात्रै नेकपाकै १८ जना सांसदहरुले मुख्यमन्त्री शाही बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव दर्ता भएसंगै नेकपामा तरङग पैदा भएको थियो । नेकपा कर्णाली प्रदेशमा लामो समयदेखि रस्साकस्सी बहुमत सांसदले दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि सतहमा आएको छ ।

सोमबारमात्रै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधव नेपाल र अर्का अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अविश्वास प्रस्ताव फिर्ता लैजान पहल गर्न आग्रह गरेका थिए ।