लेनिनलाई सलामी दिदाको त्यो अविस्मरणीय क्षण

  • लेनिन-स्टालिनहरुले बनाएको देश रुसमै पुगेर अध्ययन गरिएला भनेर त्यति सोच्ने गरेको थिएन ।
  • -हस्तबहादुर केसी

सन् २०१७ नोभेम्बर २ क‍ा दिन बिहान ८ बजेतिरको कुरा हो । रुसको राजधानी मास्कोमा । एक होटेल अगाडि । आकास सफा थियो । भर्खरै कलिलो घामको चमक चम्किलो देखिन्थ्यो । जमिनको चारैतिर हिउँले सेताम्मे थियोे । चिसो सिरेटो चलिरहेको थियो ।

एक ह‍ोटेल, आगनको दुबैतिर बिनापातका रुखहरुले घेरिएको देखिन्थ्यो । त्यस आगनमा लेनिनले लगाउने गरेको जस्तै देखिने ब्रानीकोट लगाएको । जिनको पाइन्ट, रातो छालाका जुत्ता लगाएको र गलामा बाख्लो मफुलर भिरेको, लामो कपालले निधार छोप्नै लगाएको देखिने र गोरो तथा अग्लो कदको एक जना पुरुष ब्रानीक कोटमा दुबै हालेका साह्रै सालिन ब्यक्ति उभिएको देखिन्थे । यता उता केही नेपाली साथीहरू र युरोपियन साथीहरू झालक झुलुक गरेको देखिन्थ्यो ।
हामी नेपाली टोलीमा १५ जना थियौं भने युरोपका २५ जना साथीहरू गरि हाम्रो जम्मा ४० जनाको टोली थियोे । त्यो टोली सन २०१७ नोभेम्बर ७ का दिन रुस एक ऐतिहासिक शहर लेनिनग्रादमा रुसका माक्र्सवादी-लेनिनवादी कम्युनिस्ट पार्टीहरुको संयुक्त मोर्चा माक्सिस्ट-लेनिनिस्ट प्लेटफर्म अफ रसियाले आयोजना गरेको महान् रुसी समाजवादी क्रान्ति सतवार्षिकी महासम्मेलनमा भाग लिन जाने क्रममा राजधानी मास्कोमा ४ दिनका लागि अवलोकन भ्रमणको समय मिलेको थियोे ।

हामीहरु सन २०१७ अक्टुवर ३१ का दिन राति १०:४५  Fly Dubai को एयरवेजबाट रुसको राजधानी मास्कोका लागि काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थियौं । ४: ४५ मिनेटमा दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थियौं र त्यहाँ ६ घण्टाको ट्रान्जिट समय व्यथित गरेर बिहान ९:३० बजे दुबईबाट मास्कोका लागि उडेका थियौ ।

दिउँसो १:४० बजे हामी मास्को स्थित भेनेकोभा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियौ । सबै प्रक्रिया सकाएर ३ बजेतिर इमिग्रशन स्थलमा पुग्यौं । त्यहाँ हामीलाई करीब अढाई घण्टा पछि मात्र इमिग्रेशनले सुरक्षाका सबै जाँच गरेर प्रवेश गराइयो । १ घण्टा पछि मात्र हामी बाहिरी मूल गेटमा पुग्यौं । हामीलाई स्वागत गर्न र लिनका लागि रुसी क्रान्तिकारी कम्युनिस्ट नेता म्ष्mष्तचष् प्यलअजभलपय को नेतृत्वमा एउटा टोली आएको रहे छ । हामीहरू बिमान स्थलको मुख्य द्वारबाट बाहिरियौ । रुसी मित्रहरूले स्वागत गर्नु भयो र हामीलाई बस्ने व्यवस्था गरिएको स्थानतिर जान नेतृत्व गर्नु भयो ।

साँझ पर्दै थियोे । हामीलाई बसमा बसाएर अगाडि बढाइयो । बाटोको चारैतिर हिउँँले जमिन सेतामे थियोे । जनकलाकार मोहन घिसिङले भिडियो रेकर्ड गर्दै अगाडि बढ्नु भयो । हामीलाई मेट्रो रेल्वे स्टेसनमा पुर्‍याइयो र मेट्रोमा करीब आधा घण्टाको यात्रा पार गरेर हामीलाई हामीलाई बस्ने व्यवस्था गरिएको एक होटेलमा पुर्याइयो । त्यही होटलमा युरुपियन टोली पनि आइपुग्यो । नेपाली टोलीका हामी ७ जनालाई एक होस्टेलमा पठाइयो । बाँकी त्यही होटलमा बस्नु भयो ।

होस्टेलबाट त्यही माथि वर्णन गरिएको होटलमा जम्मा भयौं । एक क्षण पछिDimitri क‍ो नेतृत्वमा अवलोकन भ्रमणका लागि अगाडि बढाइयो । कहाँ जाने केही भनिएको थिएन ।

नेपाली र युरोपेली गरेर ४० जनाको टोली थियोे । शुरुमा साम्यवादका सिध्दान्तकार कार्ल माक्र्सको ठूलो कदको शालिक भएको ठाउँमा पुर्याइयो र सर्वप्रथम माक्र्सको शालिकमाथि सलामी चढाइसके पछि हामीलाई अगाडि बढाइयो र अब विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको पार्थीव शरीरमाथि सलामी दिन लेनिन मेमोरियल भवनतिर जाँदै गरेको जानकारी गराइयो ।

क्रेमलिन भवन (रुसी राष्ट्रपति भवन) नजिकैबाट हामीलाई अगाडि बढाइयो र विशाल रेडस्वाएरको पूर्वी भागमा लाइनमा बस्न लगाइयो । मानिसहरुको निकै लामो लाम थियोे ।

Dimitri Konchenko को नेतृत्वमा रुसी साथीहरू Kuzmina Vasilisa V, Alexi, Aantonलगायतका साथीहरूका साथ लाइनमा थियौं । हामी महान् लेनिनको शव राखिएको भवनको प्रवेश द्वारको मुख्य गेटमा पुग्यौं । हामी भन्दा अगाडिका मानिसहरु सुरक्षा चेक जाँच पछि भित्र प्रवेश गरिरहेको देखिन्थ्यो । मलाई त महान् लेनिनको शव राखिएको स्थानमा कतिखेर पुगिएला भनेर अत्यन्तै आतुर र कौतुहल्ता पैदा भइरहेको थियोे । मनमा धेरै जिज्ञासाहरु मडाँरीरहेका थिए ।

प्रवेशद्वार नजिकै पुगियो । सुरक्षाकर्मिहरुले अत्यन्तै कडा रुपमा चेक जाँच गरेर मात्र भित्र प्रवेश गराइरहेका थिए । म पनि सुरक्षा चेक जाँच सक्ने बित्तिकै भित्र प्रवेश गरे । त्यहाँ धेरै रुसी शहिदहरुका छोटा कदका शालिकहरु लहरै राखिएको रहे छ । लेनिनको शव राखिएको भवनको मूल गेटमा पुग्नै लाग्दाा रुसी नेता स्टालिनको छोटो कदको शालिक देखियो । मैले स्टालिनलाई सलामी दिदै अगाडि बढे । सबै साथीहरू त्यसै गर्दै हुनु हुन्थ्यो । म चाहिँ कतिखेर लेखिएको शव भएको ठाउँमा पुगिएला भनेर आतुर थिए । ढिलो ढिलो गरेर अगाडि बढिरहेको थियोे ।

जब हामीहरु महान् लेनिनको शव राखिएको स्थान नजिकै पुग्यौं । लेनिनको शव नजिकै पुग्ने बित्तिकै मैले महान् लेनिनलाई अति भावविभोर भएर लेनिनलाई सलामी चढायाँ ।

महान् लेनिनको पार्थीव शरीरमाथि भाववूर्ण सलामी चढाइरहँदा मलाई जीवन मै अत्यन्तै गौरवको अनुभूति भइरहेको थियोे । त्यतिको खुसी र त्यतिको गौरवको अनुभूति मलाई कहपल्यै पनि नभएको महसुस भइरहेका थियो । अरु साथीहरूलाई पनि त्यहीँ नै भइरहेको मलाई भान भइरहेको थियोे ।

धेरै वेरसम्म लेनिनको शवप्रति हेरीरहन मन लागिरहेको थियोे । तर अरु साथीहरूलाई पाल‍ो छोडिदिनु पर्ने भएकोले मसंग समय थिएन । तैपनि अत्यन्तै निहालेर महान् लेनिनको शवमाथि नजर घुमाउँदै पुनः लेनिनलाई सलामी चढाउँदै त्यहाँबाट बाहिरिन बाध्य भए । अगाडि अगाडि Dimitriले गाइडिङ गरिरहनु भएको थियोे । महान् लेनिनको पार्थीव शरीरलाई मृत्यु भएको ९३ वर्षसम्म पनि जस्ताको तस्तै गरी वैज्ञानिक प्रविधिद्वारा सुरक्षित गरि राखिएको रहे छ । बाहिर त त्यति पत्याउने गर्दैनन् तर शरीर जस्ताको तस्तै देखिन्छ । त्यस पछि त्यस ऐतिहासिक भवनको पछिल्लो गेटबाट बाहियौ र विशाल रेडस्वाएर मैदानमा आइपग्यौ । र त्यस ऐतिहासिक रेड स्क्वायर मैदानको दक्षिणी साइटमा लेनिनको विशाल कदको शालिक राखिएको थियोे र रुसमा प्रतिक्रान्ति पश्चात् घोर प्रतिक्रियावादी सत्ताक‍ो नाइके बोरिस यल्तसिन सत्तामा पुगे पछि लेनिनको उक्त शालिक डोजर लगाएर फ्याँकेको भनेर Dimitri देखाउनु भयो । त्यस ठाउँमा लेनिनको शालिक राखिएको निशाना मात्र देख्न सकिन्छ । अरु पुरै फ्याँकिएको रहे छ ।

त्यस पछि त्यस ऐतिहासिक एवं विशाल रेडस्क्वायर मैदानमा सामुहिक फोटाहरु खिचायौ र मास्क‍ो स्थित जर्जिया पार्कतिर जानलाई अगाडि बढ्यौं ।

अहिलेसम्म पनि लेनिनको शवमाथि सलामी चढाएको क्षणको अत्यन्तै गौरवको अनुभूति भइरहेको छ र चीर भविष्यसम्म पनि यो गौरवको अनुभूति भइरहने छ ।
माक्र्स , एंगेल्स , लेनिन , स्टालिन , माओ, हो चि मिन्हहरुको क्रान्तिकारी जीवन र योगदानका बारेमा सानै उमेरमा कम्युनिस्ट आन्दोलनमा सरिक भए देखि नै सुन्दै र पढ्दै आएको हुँ । उहाँहरुले प्रतिपादन गरेको माक्र्सवाद-लेनिनवाद-माओवादका बारेमा सानै उमेर देखि पढ्ने, लेख्ने, अध्ययन गर्ने, बुझ्ने र जीवन व्यवहारमा लागू गर्ने प्रतिबध्दताका साथ कम्युनिस्ट आन्दोलनमा लाग्दै आइयो । उहाँहरुको आदर्शबाट प्रभावित भएर देश र जनताको मुक्तिका खातिर सम्पूर्ण जीवनलाई समर्पित गरेर कम्युनिस्ट आन्दोलनमा होमिएको हुँ ।

यही क्रान्तिकारी आदर्शलाई जीवन दर्शन मानेर नै घर परिवार, निजी सम्पत्तिलाई त्यागेर पार्टी काममा समर्पित भएर लाग्दा ज्यादै गौरवको अनुभूति हुदै आयो । सबै परिजन, लालाबाला, छोराछोरी सबैलाई घरमै छोडेर हाँसीहाँसी पार्टी काममा जाँदा ज्यादै खुसी र गौरवको अनुभूति हुदै आयो ।

यति हुँदा हुदै पनि लेनिन-स्टालिनहरुले बनाएको देश रुसमै पुगेर अध्ययन गरिएला भनेर त्यति सोच्ने गरेको थिएन । तर यो संभव भन्ने कुरा थिएन पनि । तर रुसमा जाने जुन अवसर मिल्यो त्यसले रुसमै पुगेर महान् लेनिनको पार्थीव शरीर मै भए पनि सलामी चढाउन पाउँदा, यो अवसरलाई जीवन कै पहिलो गौरव विषय भएको मलाई अविस्मरणीय अनुभूति भइरहेको छ र चीर भविष्यसम्म यो अनुभूति भइरहने छ भन्ने मेरो दह्रो विश्वास छ ।जनपाटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *