बुधबार बिहान मोरङको विराटनगर र सुनसरीको धरानमा उपचार गराइरहेका तीनजना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । 

विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा एक, नोबेल अस्पतालको भेन्टिलेटरमा एक र धरानको पीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका एक गरेर तीन जनाको मृत्यु भएको हो ।

मोरङ जहदा गाउँपालिका-६ का ६०, सुनसरीको हरिनगरा-२ का ५० र सप्तरी राजविराज-४ का ३९ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

मोरङका पुरुषको बिहान ४ बजे, सप्तरीका पुरुषको बिहान ३ बजेर १० मिनेट जाँदा र सुनसरीका पुरुषको बिहान ७ः३० बजे  मृत्यु भएको हो ।

विराटनगरको कोभिड उपचार केन्द्रका संयोजक चिकित्सक दीपक सिग्देलका अनुसार असोज ४ गते केन्द्रमा भर्ना भएका ६० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका रोगी थिए ।

उनलाई असोज ६ गतेदेखि भेन्टिलेटरमा राखिएको थियो ।
भेन्टिलेटरमा उनलाई रेमडिसिभर औषधिसमेत चलाइएको सिग्देलको भनाइ छ ।

त्यसैगरी नोबेल अस्पतालमा उपचार गराइरहेका सुनसरीका ५० वर्षीय पुरुष असोज ९ गते अस्पताल भर्ना भएका थिए । उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका हुन् । उनमा असोज १२ गते कोरोना पुष्टि भएको थियो ।

ति पुरुषको बुधबार बिहान नोबेलकै कोभिड अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता बिपी प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाका अनुसार असोज ९ गते कोरोना पुष्टि भएका पुरुषमा ज्वारो, खोकी र श्वासप्रश्वासको समस्या थियो । पुरुष मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको रोगी हुन् । उनी डायलासिससमेत गराउँदै आएका थिए ।

योसँगै प्रदेश १ मा कोरोनाले मृत्यु हुनेको संख्या ७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म देशभर कोरोनाले मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

बुधबार बिहान प्रदेश १ मा तीन जनाको मृत्यु भएसँगै मृतकको संख्या ४९४ पुगेको हो । मन्त्रालयले यसको औपचारिक जानकारी भने दैनिक दिउँसो ४ बजेको प