संसारमा महामारीको रुपमा फैलिएको कोरोना नेपालमा पनि फैलियो तर नेपालको राम्रो हावापानी र नेपालीको इमिनीटि पावर धेरै भएका कारण नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेभन्दा निको हुनेको संख्या १ सय १२ गुणा बढी रहेको छ ।        हाल नेपालमा कोरोनाबाट ७६ हजार २ सय ५८ जना संक्रमित भएका छन् भने ५५ हजार ३ सय ७१ जना कोरोना जितेर घर फर्किएका छन् । 

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ९१ पुगेको छ । जुन संक्रमित भएकाहरुको संख्याको तुलानामा ०.६४ प्रतिशत मात्रै हो ।

यस्तै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेभन्दा कोरोना जितेर घर फर्किनेको संख्या १ सय १२ दशमलव ७७ गुणा धेरै रहेको छ । हाल नेपालमा संक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ छ।

यस्तै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेभन्दा कोरोना जित्नेको संख्या २३.१४ गुणाले धेरै छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार हाल विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड ३५ लाख ५७ हजारभन्दा धेरै छ ।

जसमा कोरोना जित्नेको संख्या २ करोड ३२ लाख ९६ हजार ९ सय ८८ छ भने ज्यान गुमाउनेको संख्या १० लाख ६ हजार ४ सय ९३ पुगेको छ । जुन कोरोना निको हुनेको तुलानामा २३.१४ प्रतिशतले कम हो ।