काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।गत भदौ २३ गते कोरोनालाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको थियो ।उनलाई गएराति सामान्य ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । उनलाई मंगलबार राति चाबहिलको ओम अस्पतालमा भर्ना गरिएको हो ।

मंगलबार राति ८ बजे ओम अस्पतालमा भर्ना भएका कोइरालालाई १०३ डिग्री ज्वरो आएको र आज घटेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ।