एजेन्सी । बेलायतको अक्सफोर्ड विश्वविद्यालय गत साता स्थगित गरेको कोभिड – १९ विरुद्धको खोपको क्लिनिकल ट्रायल पुन: सूचारु गर्ने जनाएको छ । क्लिनिकल ट्रायलमा सहभागी एक जना भोलेन्टियर बिरामी परेपछि यो कार्य स्थगित भएको थियो ।

आइतबार खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले एक विज्ञप्ती जारी गर्दै भनेको छ,  ‘क्लिनिकल ट्रायल रोकेपछि ती भोलेन्टियरमा खोपकै कारण साइड इफेक्ट भएको हो कि होइन भनेर जाँच गरिएको र त्यो खोपको कारण नभएको पाइएको छ । अर्थात खोप सुरक्षित मानिएको छ ।’

ब्रिटेनका स्वास्थ्य सचिव म्यान हेन्ककले क्लिनिकल ट्रायल फेरी शुरु गर्ने घोषणाको स्वागत गरेका छन् । उनले भनेका छन, ‘क्लिनिकल ट्रायल रोक्ने यसअघिको निर्णयले देखाएको छ कि हामी स्वास्थ्य सुरक्षामा कति सम्वेदनशील छौँ भनेर । अब हाम्रा बैज्ञानिकहरुले छिटै कोभिड -१९ विरुद्धको खोप ल्याउने काममा पुन: सक्रिय हुनेछन् ।

उता विश्वविद्यालयले विज्ञप्तीमा भनेको छ, ‘यति ठूलो संख्यामा गरिएको क्लिनिकल ट्रायलमा सहभागी हुनेहरुको स्वास्थ्य विग्रन सक्छ । यो स्वभाविक हो ।’

विश्वविद्यालयले स्वतन्त्र सुरक्षा समिक्षा समिति तथा ब्रिटेनको नियामक, मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीको सिफारिसको आधारमा क्लिनिकल ट्रायल पुन सुचारु हुने जनाएको छ ।

गोपनियताको कारण देखाउँदै विरामी भएका व्यक्तिको स्वास्थ्य अवस्थाको बारेमा केही भनिएको छैन् ।