एक महिलाअघि नै कोरोना संक्रमण भई कोरोनामुक्त भइसकेका भारतका गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना भएका छन् । विषेश सुत्रलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले दिएको खबर अनुसार शाह शनिबार राति दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका हुन् । श्वास–प्रश्वासमा समस्या देखिएपछि शाह अस्पताल भर्ना भएको बताइएको छ । डाक्टर रणदीप गुलरियाको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरुको टोली उनको उपचारमा खटिइरहेको र उनको अवस्था स्थीर रहेको भारतीय मिडियाहरुले खबर दिएका छन् ।

२ अगष्टमा कोरोना संक्रमण देखिएपछि मेदान्त अस्पतालमा अस्पतालमा भर्ना भएका शाह कोरोनामुक्त भई १२ दिनपछि १४ अगष्टमा डिस्चार्ज भएका थिए ।

त्यसपछि १८ अगष्टमा पनि शाह  एम्स अस्पताल  गएका थिए ।