मैले न त विरोध गर्न खोजे न त आलोचना, ग्रामीण क्षेत्रका बिध्यार्थीहरुमा परेको प्रभाव र मजदुरलाई राहतको व्यवस्थालाई लक्षित गर्दै उल्लेख मात्र गरेकी हुँ । क्षमाप्रार्थी छु सरकार, गरीब मजदुरका छोरा छोरीहरुले अनलाईन बाट पढ्न संभव होला र भनेर सुनाउन मात्र खोजेकी हुँ ।

आँखामा भविष्यका सपना र साथमा नोकिया मोबाइल फोन बोकी उच्च शिक्षा अध्ययनको लागी सहर पुगेको उ माहामारीको बेला पुनः गाउँ पुगेका छ। न त उ सँग नेट चल्नि फोन छ न त उ सँग आर्थिक।

एकछाक खान धौधौ परेको बेला हामी मज्दुर तथा ग्रामीण क्षेत्रका बिध्यार्थी कसरी अन्लाईन कक्षामा सहभागि हुने ? न त सरकारले निःशुल्क डाटा दियो न त राहत। महलमा बसेर कडा नियमको पहल नगर यो अमेरिका होइन। तिमीले गरेको ठुला भाषण र भलाद्मी पाराले देशमा कति र के विकास गरेको रहेछौ एकिन होस्। असी करोडको राहत ककस्लाइ दियौ ? आज पनि जनता त्यहि राहतको आसमा सडकमा लडिरहेका छन्।

देशमा संकटकालीन अबस्था छ तिमी एउटा कुर्सीमा लडीहेको छौ । तिमीलाई यो देश र जनताको चिन्ता होइन तिमीलाई तिम्रो कुर्सीको चिन्ता छ । धिक्कार छ मेरो देशको शासकलाई तिमी सुरक्षित आफै छैनौं, जनतालाई कसरि सुरक्षा दिन्छौं ?

यो गाउँ हो सरकार, कुनै सेवा सुविधाले सम्पन्न भएको राजधानी सहर होइन। नेट्वोर्क टिप्न डाँडामा पुग्नु पर्ने किताब बोकेर काता जाउँ ? नपढौं भबिष्यको चिन्ता छ , पढौं आमालाई औषधि किन्न पैसा हुदैन। फोनमा व्यालेन्स राखेर पढौं की आमालाई औषधी किन्न जाउ, सरकार ?

लेखिका -सबिता थापा छेत्री