कालिकोट । जिल्ला प्रहरि कार्यालय कालीकोटको आयोजनामा नव आगन्तुक प्रहरि प्रमुख डिएसपी चक्र बहादुर शाहा द्धारा जिल्ला प्रहरी कार्यालयको प्राङगणमा बुधबार चियापान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्लामा रहेका राजनितिक दल,पत्रकार तथा सरोकारवाला हरु बिच राखियको परिचयात्मक कार्यक्रममा प्रहरि उपरिक्षक चक्र बहादुर शाहले समाजमा सान्ति सुरक्षा अमनचयन कायम गर्नु आफ्नो पहिलो जिम्मेवारि रहेको बताए ।

समाजमा घट्ने विभिन्न अपराधिक घटनाहरुको सत्य तथ्य छानविन गरेर कानुनको पालना गर्ने काम प्रहरीको हो भने,यसलाई कार्यन्वयनमा ल्याउनमा सहयोग गर्ने काम राजनितिक दल,पत्रकार र स्थानियको हुने डिएसपी शाहले परिचयात्मक कार्यक्रममा बताए ।

आफु कालिकोट आएको दोस्रो दिन मै तिलागुफा क्षेत्रको शान्ति सुरक्षाको अबस्थाका बारेमा अध्यन गरेर आएको र पुन जिल्लाका हरेक क्षेत्रमा आफु पुगेर स्वच्छ र निश्पक्षरुपमा प्रहरि यूनिट परिचालन गर्ने बताए ।

जिल्ला प्रहरि कार्यालय बाट आवस्यक पर्ने कुनै सत्य तथ्य सुचना लिन परे सुचना अधिकारिकोरुपमा प्रहरि निरिक्षक यज्ञराज जोसिलाई सुचना अधिकारि तोकेकाले उनिसंग सम्पर्कगरेर सुचना लिन दिन सकिने बताए ।

यस्तै कार्यक्रममा सहभागि राजनितीक दल,पत्रकार नागरिक समाज लगाएतले नव आगन्तुक प्रहरी प्रमुखलाई स्वागत गर्दै आम नागरिकलाई निस्पक्ष शान्ति सुरक्षाको प्रत्याभुत दिन राजनितिकदल,पत्रकार नागरिक समाजको कुनैपनि हस्तक्षेप नहुने भन्दै नयाँ कार्यकाल सफल्ताको शुभकामना दिएका थिए ।