मान बहादुर बिश्ववकर्मा

कालिकोट । कालिकोट जिल्लाको सान्नि त्रिवेणी गाउँपालिका वडा नं.३ देवपुर लुयाँटाका अंकेश देवकोटाले अचम्मको सिप प्रर्दशन गरेका छन । लकडाउनको अवसर पार्दै घरमै बसेर कागज प्रयोग गरि घर र मन्दीरको चित्र बनाएर दर्शकलाई अच्चमित बनाएका हुन ।

बुधबार जिल्लाको सदरमुकाम मान्मको प्रतिमाचोकमा कागजबाट सुन्दर घर र मन्दिर बनाएर प्रर्दशन गरेर स्थानीय नागरिकलाई अचम्म पारेका हुन ।

१९ बर्षिय देवकोटाले, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको सदुपयोगसंगै आफ्नो सिप देखाएका छन ।

बिभिन्न कागज प्रयोग गरि उनले मन्दीर र घर बनाएका हुन । सहर बजारमा बनेका घर जस्तै कागजबाट आफुले घर मन्दीर बनाएरे व्यवसाहय थालेको देवकोटाले बताए ।

उनले भने, मलाई कसैले सिप सिकाएको पनि हैन सानैदेखि कागजबाट विभिन्न किसीमका सामाग्री तयार पार्दै आएको र अहिले मान्ममा रहेको बेला लकडाउनको सदुपयोग गरी घर र मन्दीर बनाएको हुँ ।

उनले आफुले कागजबाट बनाएको घर र मन्दीरका लागि २५ हजार लगानी गरेको बताए ।८ सय भन्दा बढी ग्लुस्टिक, १ सय भन्दा बढी फेविकल फोटोकपी कागज, रङ प्रयोग गरि आफ्नो सिप प्रर्दशन गरेका हुन् ।

विपन्न परिवारमा जन्मेका देवकोटाले २ महिनाको अवधिमा आफुमा भएको सिप प्रर्दशन गरि प्रतिमाचोकमा नागरिकलाई अच्चमित बनाएका थिए ।