काठमाडौं । ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले “ईन्द्रजात्रा क्वूआर कोडको यात्रा” योजना ल्याएको छ । काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीको सरल, सुरक्षित माध्यम क्वूआर कोडको लागि आवेदन गर्नेलाई ५०० रुपैयाँ उपहार दिने बैंकले जनाएको छ । यस्तो उपहार मोबाइल टपअपबाट पठाइने बैंकले जनाएको छ ।

यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुने र यस योजनामा बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले मात्र भाग लिने पाउने बैंकको सर्तहरु रहेका छन् । यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका बैंकमा अनलाईनबाटै व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोली क्वूआर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्न सक्नेछन् । यसरी सहभागी हुने क्वूआर मर्चेन्टले बैंकको तर्फबाट ५०० रुपैयाँ मोबाइल टपअपमा प्राप्त गर्ने बैंकले जनाएको छ ।यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सक्ने बैंकले जनाएको छ । यसका लागि https://login.fonepay.com/#/signup मा गई आवश्यक विवरणहरु बुझाइ यो योजनामा सहभागी हुन सक्नुहुनेछ ।