नेपाली सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाईं बनेकी छिन्। सिजन ३ को विजेता भएसँगै उनले नगद ५० लाख रुपैयाँ प्राप्त गरेकी छीन् ।

यसअघिका पहिलो र दोस्रो सिजनमा क्रमशः बुद्ध लामा र रवि वड नेपाल आइडल बनेका थिए।

शुक्रबार भएको ग्राण्ड फिनालेमा मोरङकी चौलागाईले प्रतिस्पर्धी १० जनालाई पछाडि पार्दै आइडलको उपाधी जितेकी हुन् । त्यसैगरी आइडलको प्रतिस्पर्धामा किरणकुमार भुजेल सेकेन्ड रनर अप र प्रवीण वेडवाल फर्स्ट रनर अप हुन सफल भएका छन् । प्रवीणले पुरस्कारस्वरुप नगद १० लाख जितेका छन् भने किरणले नगद ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

विश्व महामारी कोरोनाको कारण दर्शक र प्रतिस्पर्धीविनै नेपाल आइडल सिजन ३ को विजेता घोषणा गरिएको हो। एपी १ टेलिभिजनमा प्रसारण हुँदै आएको नेपाल आइडलको विजेता घोषणा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भिडियो सन्देशमार्फत गरेका हुन्।

विभिन्न माध्यमबाट प्राप्त भोट र निर्णायकहरुको मूल्यांकनको आधारमा नेपाल आइडल सिजन ३ को विजेता घोषणा गरिएको आयोजक पक्षले जानकारी दिएको छ।

कोभिड १९ ले नेपाल आइडल निर्माण टोलीका १ सदस्यलाई पनि कोरोना पोजिटिभ देखिएपछि भिडियोमार्फत विजेता घोषणा गरिएको जानकारी दिइएको थियो।

सोही कारण प्रस्तुतिपछिका सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ। सोही कारण जजहरु समेत आइसोलेसनमा जानुपरेको टिभीमार्फत जानकारी गराइएको थियो। पहिलो लकडाउनले शो नै स्थगित भए पनि जारी निषेधाज्ञाकै बीच बाँकी एपिसोडहरु सपन्न भएको हो।

नेपाल आइडलका निर्णायकमा गायिका इन्दिरा जोशी र गायक तथा संगीतकारद्वय न्हुँ वज्राचार्य र कालीप्रसाद बाँस्कोटा थिए।https://youtu.be/9JGHgPszLXc