काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक साताका लागि आइसोलेसनमा बसेका छन् । आफ्नै सुरक्षा घेरामा रहेका प्रहरीमा कोरोना देखिएपछि प्रचण्डले आन्तरिक र बाह्य भेटघाट बन्द गरेका छन् ।

प्रचण्डको सुरक्षामा खट्टिएका सवै सुरक्षाकर्मी र सचिवालयका सवै सदस्यहरुको कोरोना परीक्षण गरिएको छ । उनीहरुको रिपोट नआएसम्म सवैखाले भेटर्वार्ता बन्द गरेको सचिवालयले जनाएको छ ।

प्रचण्डको सुरक्षामा रहेका ६ प्रहरीमा कोरोना देखिएको थियो । त्यसपछि सवै सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको थियो । तर प्रचण्ड परिवारको भने कोरोना रिपोट नेगेटिभ आएको छ । आफ्ना सुरक्षाकर्मीलाई कोरोना देखिएपछि प्रचण्डले शुक्रवार राखिएको सम्पादकहरुसँगको बैठक अन्तिम अबस्थामा आएर स्थगित गरेका थिए ।

प्रचण्ड आइसोलेसनमा बसेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्वाद बन्द भएको छ । नेकपाभित्रको विवाद मिलाउन दुई अध्यक्ष दैनिक सम्वादमा थिए । तर कोरोनाको आशंकामा परेपछि प्रचण्ड आफै बालुवाटार जान छोडेका छन् ।