कालिकोट । प्रम ओलि को कम्युनिस्ट शुद्ध कम्युनिस्ट होइन । सत्तारूढ (नेकपा) भित्रको लडाइ भनेको कम्युनिस्ट मुल्य-मान्यतामा आधारित लडाइ हो । यो कुनै व्यक्तिको पदको लागि पटक्कै होइन ।

म प्रवृत्ति विरुद्ध संस्थागत निर्णय कार्यन्वयनको पहलकदमी हो । यसले अहिलेको शीर्ष भन्दा गामी पुस्तालाई शिक्षाको रूपमा ‘ब्यक्ति होइन विधि नेता होइन नीति’ भन्ने मान्यतामा सबैलाई केन्द्रिकरण गर्दछ ।

तसर्थ बिधि अनि नितिको पक्षमा दृढतापूर्वक उभिऔं । पार्टीको हरेक संरचनामा नीति विधि लागू बने अरु त हुँदै गर्छ । केहिथरी मान्छेहरु यो लडाइ पद प्राप्तिको भन्छन् यो हुँदै होइन । यदि त्यसो हुन्थ्यो भने केका लागी कुर्नुपर्थ्यो ? जनबादी पद्धति प्रयोग गरेर लिन सक्ने ताकत नेतृत्वसँग छदैछ ।

यो लिने र दिने लडाइ नभइ अराजकताको अन्त्य गर्ने सुरुवात हो । अवस्य सफल हुनेछ । म (नेकपा) को सदस्यको हैसियतले भन्छु व्यक्तिवाद हारेको बिधिले एवं अनुशासनले जितेको हेर्ने लाखौं पार्टी सदस्यहरुको चाहाना अनी शुभचिन्तकहरुको कामना चाँडै पुरा हुनेछ ।

उनको कार्यशैली हेर्दा पन्चायती प्रधानमन्त्री भन्दा कुनै फरक छैन । हालै नियुक्ति गरियका राष्ट्रिय युबा परिषद , रेल बिभाग , लगानी बोर्ड हेर्दा लाग्छ योग्य मान्छे हैन आफन्त र गुलाम हरुलाई भर्ती गरिरहेका छ्न। सत्ता जोगाउन लाई सडक मा नाङ्गो नाछ समेत देखाउन पछि पर्दैनन् । मलाइ लाग्छ के पि ओलि सत्ता को बहिर्गमन पछि इतिहासकै सत्ता का लागि लाल्छी प्रधानमन्त्री को रुप मा चिनिने छ्न।