नेकपा अध्यक्ष प्रचण्ड र अेाली बीच वालुवाटारमा धेरै पटक छलफल भएका छन । तर सहमति जुटेको छैन ।सहमतिमा पुग्न दुइ नेतालेे नयाँ पात्र रोजेका छन ।

प्रचण्डले खनाललाइ लगेपछि अेालीले अर्का नेता सुवास नेम्वाङलाइ राखेका छन। खनाल र नेम्वाङ दुवै इलामका हुन।

दुइ नेताहरूलामाे सम्वाद भएपनि यसमा कुनै सहमति भने भएकाे छैन।उनीहरूविच सहमति नहुदा हाल स्थगीत रहेकाे स्थायी समितिकाे वैठक कहिले वस्ने भन्ने कुरा अनिश्चित भएकाे छ।

स्थायी समितिकाे वैठकमा अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट अेालीले राजीनामा दिनुपर्ने माग प्रचण्डले राखेपछि याे वैठक लगातार स्थगीत भइरहेकाे छ र कुनै निकास दिन सकिरहेकाे छैन।