कालिकोट -पछिल्लो २४ घन्टामा थप २७४ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।बिहीबार नियमित प्रेस मिटमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे जानकारी दिएको हो । देशभरका प्रयोगशालामा ६ हजार ३०४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी, आज थप २२७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त भई निको हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।

हाल नेपालमा ५ हजार २२७ जनाकाे विभिन्न अस्पतालकाे आइसोलेशनमा उपचार भइरहेकाे प्रवक्ता डा. गाैतमले जानकारी दिए ।