काठमाडौं । भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेल-पेले ‘एनिभर्सरी अफर’ योजना ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले साउन १६ गते सेल-पेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत (अधिकतम एक हजारसम्म) क्यास ब्याक पाउनेछन् ।

यो अफरमा भाग लिन मोबाइलमा सेल-पे एप्स डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्ने कम्पनीले जनाएको छ ।यसका साथै सेलपेका पाँचजना भाग्यशाली ग्राहकले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेन्डभित्र एक रुपैयाँमा असीमित ग्रोसरी सामान खरिद गर्न पाउने जनाइएको छ । सेलपेको वार्षिकोत्सवको अवसरमा यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ ।