एजेन्सी –जेरुसलमको हिब्र विश्वविद्यालयका प्रोफेसर याकोव नहमियास र न्युयोर्क इकाहान स्कुल अफ मेडिसिनका डा. बेन्जामिन टेनओभरले पछिल्लो तीन महिनासम्म गरेको अध्ययनमा कोलेष्ट्रोल घटाउन प्रयोग गरिँदै आएको औषधि फेनोफिब्रेटले ५ दिनमा कारोना निको हुने निष्कर्ष निकालेका छन् ।

दुई वैज्ञानिकहरुको अध्ययनमा कालेष्ट्रोल घटाउनका लागि प्रयोग गरिने औषधिले कोरोना निको पार्न सकिने दावी गरेका हुन् ।संसारभरका बैज्ञानिकहरु कोरोनाको औषधी पत्ता लगाउन द्रुततर गतिमा लागिरहेका बेला दुई बैज्ञानिकहरुले भने आफ्नो अध्ययन कोरोना भाइरसले मानिसको फोक्सोमा देखाउने प्रभावका विषयमा केन्द्रित गरेका थिए ।

जेरुसलमको हिब्र विश्वविद्यालयका प्रोफेसर याकोव नहमियास र न्युयोर्क इकाहान स्कुल अफ मेडिसिनका डा. बेन्जामिन टेनओभर

डेलिमेलमा प्रकाशित एक रिपोर्टका अनुसार बैज्ञानिकहरुले फेनोफिब्रेटको सेवनले फोक्सोको सेलले धेरै फ्याट बर्न गर्न मद्दत पुग्ने र जसले गर्दा कोरोना भाइरस कमजोर हुने निष्कर्ष निकालेका हुन् ।

अनुसन्धानका अनुसार कोरोना भाईरसले फोक्सोमा कोरोना भाइरसले कार्बोहाइड्रेटको रुटिन बर्निङ रोकेर अधिक फ्याटलाई सेलमा जम्मा गर्ने गरेको थियो । फेनोफिब्रेटले उक्त फ्याट बर्न गर्ने अनुसन्धानबाट पत्ता लागेको छ ।