"> हामी वार्ताका लागि तयार छौं तर केही मिडियाले सैन्य हमलाको तयारी भन्दै हल्ला फैलाए – www.agnijwala.com

हामी वार्ताका लागि तयार छौं तर केही मिडियाले सैन्य हमलाको तयारी भन्दै हल्ला फैलाए

केपी सरकारले त लकडाउनमा पनि तपाईंका नेता–कार्यकर्तालाई गिरफ्तार गर्दै हिँडेको छ । तपाईंहरूले कसरी लिनुभएको छ ?

यो निकै अनैतिक, अमानवीय र क्रूर छ । हामीले कोरोना महामारीमा जनताको भावनालाई कदर गर्दै राज्यविरुद्ध आक्रामक कारबाहीहरू रोक्यौँ । हामीले त कोरोना रोकथाममा सबैसँग सहकार्य गर्ने पनि भन्यौँ । स्थानीय स्तरमा केही ठाउँमा राम्रो सहकार्य पनि भयो तर केपी सरकारले हाम्राविरुद्ध अप्रेसन गर्ने, गिरफ्तार गर्ने, जेल हाल्ने कार्य एकछिन पनि रोकेको छैन । उसको यो अनैतिक, हिंसावादी व्यवहारलाई जनताले पनि बुझ्दै गएका छन् । केपीले बुझ्नुपर्छ– केही कमरेडहरूलाई गिरफ्तार गरेर र जेल हालेर एकीकृत जनक्रान्ति रोकिने होइन, बरु यसले हामीलाई होइन, उसैलाई समस्यामा पार्नेछ ।

अरू पार्टीहरू आन्तरिक विवादमा अल्झिएको समयमा पार्टीले ठूला सैन्य हमलाको तयारी गर्दैछ भन्ने प्रचार पनि भएको छ नि, के हो ?

गलत हो । क्रान्ति भन्ने कुरा भित्रभित्रै र बाहिरबाहिरै गर्ने भन्ने हुँदैन । केही पत्रकार र पत्रिकाले ढुङ्गा हानेर तरङ्ग नाप्न खोजेको देखियो । यसको कुनै तुक छैन । हामीले भनेका छौँ– हाम्रो पार्टी दलाल, राष्ट्रघाती, भ्रष्ट, हत्यारा, तस्कर, दमनकारीका विरुद्धको सङ्घर्षमा केन्द्रित छ । दमन गर्दै गएमा प्रतिरक्षात्मक र प्रतिरोधात्मक कारबाही गर्नु हाम्रो अधिकार हो ।

भित्रभित्रै वार्ताको तयारी पनि चलिरहेको सुनिन्छ । सबैले नेकपालाई बुझ्न खोज्दैछन् । कसरी अगाडि बढ्नुहुन्छ ?

हामीले धेरैपटक वार्ताबारे बोलिरहेका छौँ । वार्ताको विषयलाई रहस्य र गुपचुपको विषय बन्न दिनु हुँदैन । सरकार समर्थक मान्छे र उनीहरूका विभिन्न प्रतिनिधिहरूले विभिन्न तरिकाले वार्ताको कुरा लिएर आउने र छाम्ने गरिरहेका छन् । एकातिर कमरेडहरूलाई हत्या गर्ने, गिरफ्तार गर्ने, जेलमा कोच्ने अनि वार्ताको प्रचार गर्ने ! यसको के तुक छ र ?

 विप्लवको हालैंको अन्तर्वार्ताको सानो अंश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *