कालीकोट। कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा करार सम्झौताका आधारमा काममा लगाइएका कर्मचारी पुन रोजगारीमा फर्केका छन ।पलाता गाउपालीकाका अध्यक्ष लक्ष्मण बलमे वभिन्न क्षेत्रका करार कर्मचारीलाई गाउँ कार्यपालीकाको बैठकले निरन्तरता दिने निर्णय गरेको जानकारी दिनु भयो ।

जसमा शिक्षा तर्फ सबैभन्दा धेरै ६७ जना, स्वास्थ्यम ३१ जना, विद्युतमा १४, रेडियोमा ९ जना, कृषिमा ४ जना, भेटेरेनरि ३ जना, र वडा साहेक ९ जना, बडा सहयोगी ९ जना, पलाँता निर्माण कार्यदल शाखामा २, शिक्षा शाखामा १ जना, स्वास्थ्य शाखामा १ जना, कम्प्युटर अप्रेटर १ जना, आईटि अफिसर १, खेल शाखा २ जना, महिला शसक्तिकरण १४ जना लाइ पुनर वहाली गरिएको हो ।

त्यस्तै किशोरी शसक्तिकरणमा ५ जना, पन्जिकरण ४ जना, गापा चौकिदार १, गापा शाखा र कार्यालय कास ७ जना, अस्पतालमा २० जना, सिभिल प्राविधिकमा ८ जना, यातायातमा ६ जना रहेका कर्मचारी रोजगारीमा फर्केका हुन ।

यि मध्ये दुई सय ३१ प्रचलित नियमानुसारको तलब खानेछन्, भने निर्माण कार्यदलका एक सय ५० जना पहिलेका र नयाँ ५० जना क्वानटीटी बेसको रोजगार भक्ता प्राप्त गर्ने गरी काममा लगाइएने पालीका अध्यक्ष बमको भनाइ रहेको छ ।