कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको सिमानामा पर्ने फुगाड खोलामा रहेका दुई वटा पुल सोमवार रातिको बाडिले बगाएको पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिनुभएको छ ।

अध्यक्ष सेजुवालका अनुसार गाडि हिड्ने पक्की पुल र एउटा झोलुङ्गे पुल सोमवार राति बगाएको हो । सो खोलाको किनारमा रहेका एक घर बगाउदा उक्त घरमा बसोवास गर्ने विष्ण बुढाथापाको परिवार अहिले ओडारमा बसिरहेको अध्यक्ष सेजुवालले जानकारी दिनुभयो ।