लगातार ८ पटक बस्दै नबसी स्थगित भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज भने बसेको छ।

 आज दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।

यसअघि मंगलबार बिहान प्रचण्डले महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग छलफल गरेका थिए।

त्यस्तै मंगलबार बिहान नै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पनि अध्यक्ष प्रचण्डले छलफल गरेका थिए। यस बैठकमा ओलि अनुपस्थित थिए ।बैठक आउदो साता १३ गते बस्ने गरि तोकिएको छ।