1595211555109458342_2375649682736304_507.png
facebook sharing button
twitter sharing buttonएजेन्सी– २०१९–२० सिजनको स्पेनिस शीर्ष फुटबल ला लिगा आइतबार रातिबाट सकिएको छ। अन्तिम खेलमा बार्सिलोनाले अलाभेसविरुद्ध दानदार जित निकालेको छ।

अलाभेसको मेन्दिजोराज रंगशालामा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टिमविरुद्ध ५–० गोल अन्तरको जित निकालेको हो।

जितका लागि लियोनेल मेस्सीले २ गोल गरे भने अन्सु फाती, लुइस सुआरेज र लेन्सल सेमेदोले १–१ गोल गरे।

खेलको २४ औं मिनेटमा गोल गर्दै फतीले बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए। त्यस्तै ३५ औं मिनेटमा मेस्सीले गोल गर्दा क्याटालान क्लब २ गोलले अघि रह्यो। तेस्रो गोल सुआरेजले ४४ औं मिनेटमा गरे।

सुआरेजको गोल सँगै बार्सिलोनाले पहिलो हाफमा ३–० गोलअन्तर बनाइसकेको थियो। दोस्रो हाफमा पनि २ गोल थप्यो। ५७ औं मिनेटमा सेमेदोले र ७५ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेसँगै बार्सिलोनाले ५–० गोेल अन्तरले जित निकाल्यो।

यो खेलसँगै ला लिगाको जारी सिजन समाप्त भएको छ। पछिल्लो २ सिजन उपाधिमा कब्जा जमाएको बार्सिलोनाले यो सिजन रियललाई उपाधि सुम्पिन पुग्यो।

क्याटालान क्लबले ३८ खेलमा २५ जित, ७ बराबरी र ६ हारका साथ अंकतालिकामा ८२ अंक बनाएर अन्तिम खेलमा जित निकाल्दै सिजनको सुखद अन्त्य गरेको छ। त्यस्तै ८६ गोल गर्दा ३८ गोल खाएर ४८को गोलअन्तर बनाएको छ।

यता पराजित अलाभेस १६ औं स्थानमा रहँदै रेलिगेसनबाट जोगिएको छ। उससले लिगमा १० जित, ९ बराबरी र १९ हार बेहोरेको छ। जसमा ३४ गोल गरेको छ भने ५९ गोलको समाना गर्दै अंकतालिकामा ३९ अंक बनाएको छ।