भारतीय न्यूज च्यानलहरुले नेपाल र  प्रधानमन्त्री केपी शर्मा ओलीको वारेमा कपोलकल्पित र भ्रामक सामाग्री प्रसारण गरेपछि सबै डिजिटल टिभी अपरेटरहरु एक भएका छन ।डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यको नेतृत्वमा डिजिटल टिभी अपरेटर एसोसिएसन गठन भएको छ। शुक्रवार काठमाडौंमा आयोजित डिजिटल टिभी अपरेटरहरुको भेलाले आचार्यको नेतृत्वमा पहिलो तदर्थ समिति गठन गरेको हो।

‘डिजिटल टिभी अपरेटर एसोसिएसन अफ नेपाल’को नामबाट छाता संगठनमार्फत अपरेटर तथा उपभोक्ताहरुको हकहित संरक्षण गर्ने उदेश्य लिइएको अध्यक्ष आचार्यले बताए।

तदर्थ समिति सदस्यमा दिनेश सुवेदी (म्याक्स टिभी), प्रकाश घिमिरे (मेरो टिभी), विनय बोहोरा (भायो टिभी), विनोद तिमिल्सिना (ब्रोड टिभी), निरज राजभण्डारी (नेट टिभी), रविन सुवेदी (प्रभु टिभी) र अमित थापा (क्लियर टिभी) रहेका छन्।