कालिकोट । बिकासको नाममा सृजित कृतिम संसारले मानिसलाई पर-निर्भर बनाएको छ । अन्नबालि उब्जाउन छोडेर पैसाको पछी लाग्दा अहिले भोकमरि हुने अवस्था आएको छ ।सिमा नाका र देश लकडाउन हुदा शहरमा के खाने भन्ने चिन्ता छ तर ,गाउँमा घरभित्त अन्नबाली,वारीमा तरकारी ,खाना पकाउन दाउरा,गोबरग्यास छ दुध,दहिको लागि घरमै वस्तु पालेका छन ।

कुनै पिर छैन शहरी जिवनभन्दा गाउले जिवननै उत्तम भएको कुरा दृश्यात्मक भएको छ । पैसामात्र सबथोक होईन रहेछ समयले पैसालाई कागजको खोस्टामा रुपान्त्रण गरेको छ ।मानव जिवनको अन्त्य कुन बेला हुन्छ कुनै भर हुदैन ।कोरोनाले भाइचाराको सम्बन्ध उब्जाएको छ । हामी आफ्नो स्वास्थ्यको लागी दैनिक २० मिनेट पनि समय दिदैनौ ,जसको पछुतो आज सबैलाई अनुभब गराएको छ ।

विडम्बना जसरी अहिले सबैको अनिहारमा मास्क अनि हातमा सेनिटाइजर देखिन्छ ।चोक चोकमा हात धोईरहेको देखिन्छ ।सधैँ भरी यस्तो हुन्थ्यो भने अस्पतालमा आधा/आधी बिरामी कम हुन्थ्ये ” रोग लाग्नु भन्दा रोगको वाटो छेक्नु (Prevention is better then cure ) ले प्रष्ट पारेको छ । यस्तो महामारी प्रकोप जुनसुकै बेला नि आउन सक्छ बुझेर पुर्व तयारीमा ध्यान दिनु पर्ने रहेछ यति बेला सरोकारवाला पक्षले बुजेहोलान ,विकास भनेपछी सडक निमार्ण मात्रै बुज्नेहरू अहिले सडकमा हिड्न सकेका छैनन ,त्यसैले स्वास्थ्य संस्थाहरु स्तरोन्नती गर्नु पनि विकास रहेछ ।

त्यस्तै स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्न नसक्नेहरुले यो घडिमा आफ्नो ज्यानलाई जोखीममाराखी अरुको लागि ड्युटि खटिदा स्वास्थ्यकर्मिहरुको महत्व वुजायो कोभिड १९ जस्ता महामारिले गर्दा यस्ता कोरोना जस्ता अन्य नयाँ संक्रमण भाइरस फेरि पनि आउन सक्छन वा पुरानै रोगहरु प्लेग, हैजट,झाडपखाला,डेँगुं आदिको महामारी जुनसुके बेला पनि हुन सक्छ । त्यसैले व्याव्स्थापनमा सबै भन्दा रोगी स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले पनि यो संवेदनशिल क्षेत्रमा काम गर्ने जनशक्तिको व्यावस्थापनमा ध्यान दिनु पर्ने देखिन्छ ।

हामि नेपालि सँस्कार बिर्सिदै गएका हामि आज आफ्नो संस्कृतीको महत्व बुज्दै छौ । नमस्कार उ
गर्ने चलन छोडेर हात मिलाउनु कत्तिको गलत चलन हो यस्ता महामारीले नै स्पस्ट पारेका छन । जुन मान्छे मर्दा किरिया गर्नेलाई अलग राखिन्छ ,छुन दिदैन ,यो राम्रो पक्ष्य हो यो scientific पनि छ किनकी याद गरौ मृर्तकको परिवार वा नजिकको मान्छे पनि संक्रमित हुन सक्छन वा रोग सार्ने अवस्थाका हुन सक्छन । त्यसैले किरियालाई क्वारेन्टाइन भनि बुज्न सकिन्छ ।सामान्य रुघा खोकिमट नै अस्पताल जादाँ यस्ता महामारि सजिलै सर्ने भएकोले कोभिड १९ ले प्रस्ट पारेको छ । अस्पताल वट स्वस्थ्य संस्थाहरु रोगको खानि हुन अती आवश्यक पर्दा मात्रै जानुपर्ने र अस्पतालमा रहदा अरु बेलापनि बारम्बार हात धुनु पर्नेकुरा कोरोना जस्ता महामारिले पुष्ठि पारेका छन ।