पछिल्लो चौविस घण्टामा देशभर थप ७४० जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ७४० जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ। मन्त्रालयका अनुसार देशभरका सबै जिल्ला संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ८२३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६ हजार १४३ पुगेको छ।

देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ९ हजार ८४ जना उपचाररत छन् ।

त्यसैगरी आज कोरोना संक्रमणबाट काठमाडौँका थप एक पुरुषको मृत्यु भएको छ । यो संगै हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।