नेकपाको विवाद मिलाउन दुई अध्यक्षले महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मालााई साक्षी राखेर  बालुवाटारमा ३ घन्टे छलफल सक्कायका छन । ३ घणटा चलेको छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको स्रोतले बतायो ।

नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ । त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् । स्रोतका अनुसार शुक्रबार दुई अध्यक्षवीच भएको लामो छलफलमा दुबै अध्यक्षले आ-आफ्ना अडानहरु राखेका थिए । प्रधानमन्त्री ओलीले मंसिर ४ को सहमतिअनुसार अघि बढौं भन्ने प्रस्ताव गरेका थिए । तर, अर्का अध्यक्ष प्रचण्डले परिस्थिति धेरै अगाडि बढिसकेकाले मंसिर ४ को सहमतिअनुसार अघि बढ्न नसकिने धारणा राखेको स्रोतले बतायो । प्रचण्डले अब त्यो परिस्थितिबाट पार्टी धेरै अगाडि बढिसकेकाले प्रधानमन्त्रीले त्याग देखाउनुपर्ने बताएका थिए ।