काठमाडौं– प्रधानमन्त्री निवास बालुटारमा नेकपा स्थायी कमिटी बैठक चलिरहँँदा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै भेटवार्ता भएको छ।

केही बेरअघि सुरु भएको बैठकको अध्यक्षता दाहालले गरेका थिए। बैठकको बीचमा उठेका अध्यक्ष दाहाल र ओलीबीच छुट्टै छलफल भएको दाहाल निकट प्रचण्ड स्रोतले जानकारी दियो।

दुई अध्यक्षबीच पार्टीलाई जसरी पनि एक ढिक्का बनाएर लैजाने विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री ओलीले चालु संसदको अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय पनि दाहाललाई सुनाएका थिए। स्थायी कमिटीको बैठकबाट दाहाल उठेपछि केही समय बैठक रोकिएको थियो।