पछिल्लो चौविस घण्टामा देशभर थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ७१ जना महिला र २४५जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ३६१ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७७ वटै रहेका छन् । ।

पछिल्लो २४ घण्टामा थप ६० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमा ९ महिला र ५१ जना पुरुष छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३ हजार १९१ पुगेको छ।

त्यसैगरी देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा १० हजार ३४१ जना उपचाररत छन् ।

यसैगरी २४ घण्टामा देशभरका २२ वटा प्रयोगशालामा ४ हजार ७११ को पीसीआर नमुना परीक्षण गरिएको छ ।

देशभरका विभिन्न क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् ।

हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।