कालिकोट । पुराना पुस्ताले जे कुरा सम्मान गर्छ, हामी त्यो भुलिरहेका छौँ । सभ्यता, संस्कृति र परम्परा हाम्रा सम्पत्ति हुन् भन्ने थाहा त छ तर ति सम्पत्तिलाई कसरी हिफाजातका साथ राख्ने भन्ने चिन्ता हामीमा कत्ति पनि छैन । त्यसको प्रमाण भनेको अब हामीले पुराना संस्कृति र कलाहरुलाई नेपालको कुनै ठूलो संग्रहालयमा गएर पनि पाउनेवाला छैनौँ । अहिले यस्तै प्रकारका समस्याहरुले हामीलाई कालान्तरमा धेरै समस्या पार्नेवाला छ ।

पछिल्लो समय यस्तै संकटमा परेको छ, देउडा संस्कृति । नेपालको मौलिक भाका मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा मात्रै गाउने खेलिने गरिन्छ । यसलाई संस्कृतिमा मध्यपश्चिम तथा सुदूरपश्चिमको ढुकढुकी देउडा गीत पनि भन्ने गरिन्छ । यो पछिल्लो समयमा आएर लोप हँुदै गएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टाहरुलाई आधुनिक कला, संस्कृतिमा टिक्न र बिक्न समस्या भएपछि देउडा गीत पछिल्लो समयमा लोप हँुदै आएको हो । समयको परिवर्तनसँगै बजारको मागअनुसारका रिमिक्स, आधुनिक, लोक गीतसंगीतहरुले छुट्टै पहिचान बोकेपछि मध्य तथा सुदूरपश्चिमकै देउडा संस्कृति पछिल्लो समयमा संकटमा परेको छ ।

यसै सन्दर्भमा मौलिक डेउडा सस्कृतिलाई बचाउनु पर्छ जग्रेना गर्नु पर्छ भनेर निरन्त्रण लागेका एक सर्जक तथा गायक हुन् धर्मराज न्यौपाने शिशिर । बिगत लामोसमय देखि यसै क्षेत्रमा तल्लिन न्यौपानेले नेपालि सांगीतिक बजारमा गित ल्याईसकेका छन् । भखरै मात्र आफ्नो गाउठाउको चित्रण र त्यहाको मौलिक सस्कृतिलाई मध्यानाजारा गर्दै धार्मिक,पर्यटकीय तथा एतिहासिक गित “रासकोट नगरपालिका”गित सार्वजनिक गरेका छन् । जसमा लय शब्द तथा धर्मराज न्यौपानेले गर्नु भएको छ भने स्वयम आफै र चर्चित गायिका रेखा जोशीको स्वर रहेको छ । खग्रेन्द्र न्यौपानेले छायाकन गरेको म्युजिक भिडियो राजेश कुमारले सम्पादन गरेका हुन् भने ललित बिक र मनिषा हमालको अभिनय रहेको छ ।
हेर्नुहोस यो म्युजिक भिडियो :https://www.youtube.com/channel/UCYcGE6Db-0bv69bFlEga-kw

https://youtu.be/NaYs9s9V2zY
https://www.youtube.com/channel/UCYcGE6Db-0bv69bFlEga-kw