—-अग्निज्वाला सम्वाददाता—-

कालिकोट । पलाँता बाहिर कोरोना भाइरस (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । कालिकोट पलाँतामा भने यही महीना को २३ गते शुक्रबार परीक्षणका लागि आरडीटी किट र पिसिआर नमुना सङ्गकलन गर्न मेशिन पुगेपछि पलाँतामा नमूना परीक्षण धमाधम हुने जनाइएको छ । पलाँता गाउँ पालिकाले पिसिआर ८ सय र आरडीटी ५ सय खरीद गरेको र पलाँता स्थीत सरस्वति मा.बि थिर्पु र ए एन बि हस्पीटलमा पि.सि.आर र आर.डी.टी शुक्रबारदेखि शुरु गरीने गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छाले फेसबुक स्टाटस हाल्नु भएको छ । उक्त स्टाटसमा गाउँ पालिकाको क्वारेन्टाइनमा रहेका पालिका बाहीर बाट आएका नागरीकहरु र उनको शेवामा खटीएका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, बिकास निमार्ण दलको टेस्ट यही २३ गते हुने हुनाले सम्पर्कमा रहन अध्यक्ष बमले अनुरोध समेत गर्नुभयो । अहिले सुर्खेतमा औषधिको क्रममा रहेका बमले स्वाब परीक्षण गर्ने तयारी भइरहेको छ ।

कोभिड–१९ नमूना परीक्षण गर्ने तयारी रहेको स्थानमा नमूना परीक्षणका लागि प्रोटेबल पीसीआर मेशिनसहित सम्पूर्ण सामग्री खरीद भैसकेको र २३ गते चेक जाँच गरीने बताईएको छ । बुधबार नै प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य शाखाको जनशक्ति खटाइसकेको छ । पलाँता गाउँ पालिकाले अहिलेको लागि दैनिक नमूना परीक्षण गर्ने जानकारी दीनुभयो । त्यसै गरी बिबाद हुदै आइरहेको पलाँता गाउँ पालिकाको सेन्टर लोडे नहुने कसैले संका नगर्न आग्रह गर्दै जग्गा पालिकाको नाममा भैसकेको र रोड जाँदैछ र यहि आर्थिक बर्षमा भबन बन्नका लागि डिजाईन फाईनल भैसकेको भन्दै यहि बर्षबाट लोडेबाट सेवा दिने गरी लागी परेको अध्यक्ष बमको स्टाटस हेर्न सकीन्छ ।