दैलेखको एउटै नगरपालिकाका थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शुक्रबार गरिएको पीसीआर परीक्षणमा दैलेखका १४ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै नारायण नगरपालिका दैलेखका हुन् ।

नारायण नगरपालिका वडा नं. २ का वर्ष २१, का पुरुष, वडा नं.३ का वर्ष ३० का पुरुष वडा नं.४ का वर्ष २८, २५, र ३५ का पुरुष वडा नं. ६ का वर्ष ४१ का पुरुष, वडा नं ८ का वर्ष २०, २० का पुरुष ,वडा नं ९ का वर्ष २३, ५० का पुरुष वडा नं.१० का वर्ष १७, २२ का पुरुष र वडा नं.११ का वर्ष २७, १८ का पुरुष गरी १४ जनामा भाइरस संक्रमण देखिएको हो ।

पीसीआर परीक्षणका लागि सुर्खेत र दैलेखबाट नमुनाहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो । नमुनाहरुको पीसीआर परीक्षण गर्दा शुक्रबार साझ ९ बजे परीक्षणको नजिता आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।

प्रदेश अस्पताल सुर्खेतमा रहेको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा यसअघि दैलेखका १६ जनामा कोरोना संक्रमिमण पुष्टि भैसकेको थियो। यससँगै संक्रमितको संख्या ३० पुगेको छ।