काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रूपन्देहीमा गरिएको परीक्षण बाँके र कपिलबस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताएका छन् ।सहप्रवक्ता अधिकारीका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ । संक्रमितहरुमा बाँकेका नरैनापुर-३ निवासी ३२ वर्षीय, खजुरा-३ निवासी ४२ वर्षीय महिला र कपिलवस्तु शुद्धोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेका छन्। उनिहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सहप्रवक्ता अधिकारीले बताए ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४९ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीको एक गरी ३ जनाको मृत्यु भएको छ ।