काठमाडौं- नेपालमा आज कोरोना भाइरसका २७ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज झापामा ९ जना, कपिलबस्तुको ४  जना, काटमाडौंमा ३ जना, मोरङमा १ जना, सुनसरीमा १ जना, सर्लाहीमा २ जनामा संक्रमणको पुष्टि भएको छ।

त्यस्तै  भक्तपुर, मकवानपुर,रामेछाप, ललितपुर, सिन्धुली, लमजुङ, र नवलपरासीमा पनि एक एक जना नयाँ संक्रमित थपिएका छन्।

आज पुष्टि भएका संक्रमितमध्ये २४ पुरुष र ३ महिला छन् । यो संगै नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ ।

कुल संक्रमितमध्ये पुरुष ३४० र महिला ६२ जना छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण ३६  जिल्लामा फैलिसकेको छ ।