नेपालमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएकी एकजना महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ। सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी उनी विहीबार राति धुलिखेल अस्पताल आएकी थिइन्।

एकसाता अघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी गराइएकी ती महिलामा श्वासप्रश्वासमा समस्या देखिएपछि सिन्धुपाल्चोकबाट रेफर गरिएको थियो ।

अस्पतालका गेटमा ल्याइपुर्याउँदा न गम्भीर रहेको अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले बताए । तत्काल श्वासप्रश्वास यन्त्र जडान गरिएर बचाउँन कोसिन गरेपनि नसकिएको अस्पतालले जनाएको छ ।

त्यसपछि शुक्रबार उनको आरडिटी र पछि पिसिआरसमेत गरिएको थियो । दुबै रिपोर्ट पोजेटिभ आएपछि सो रिपोर्टसहित थप परीक्षणका लागि नमूना टेकु प्रयोगशालामा पठाइएको छ ।

मन्त्रालयको उच्च स्रोतअनुसार अहिले साँझ ४ बजेको पत्रकार सम्मेलनमा त्यसको बारेमा आधिकारिक जानकारी गराइनेछ।