काभ्रे र महोत्तरीमा एक एक गरी थप दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालले शनिबार अपरान्ह गरेको कोरोना अपडेटमा प्रवक्ता विकास देवकोटाले संक्रमित थपिएको पुष्टि गरे । उनका अनुसार काभ्रेमा ३६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यो संगै कोरोनाबाट कुल संक्रमण हुनेको संख्या देशभर २७८ पुगेको छ ।