सात बर्षका बालक सहित थप तीन जनामा कोरोना भाइरस (कोभिड- १९)को संक्रमण देखा परेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा काठमाडौँ दहचोक निवासी ७ बर्षका पुरुष, जनकपुर धनुषा निवासी १७ बर्षकी महिला र धादिङ निवासी ३० बर्षीया महिला छन् ।

यो संगै कुल संक्रमितको संख्या २४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्वक्ता डा समिरकुमार अधिकारीले संक्रमित तिनै जनाको अवस्था सामान्य भएको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताएका छन् ।