पूर्वी नवलपरासीका एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालको कोभिड – १९ प्रयोगशालामा गरिएको परीक्षणमा ४९ बर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा समिरकुमार अधिकारीले संक्रमित व्यक्ति देवचुली नगरपालिका १२ निवासी रहेको बताए । उनी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको समेत जानकारी दिए ।

मन्त्रालयको यो अध्यावधिक विवरण संगै देशभर संक्रमितको संख्या २४६ पुगेको छ ।