अग्निज्वाला संम्वाददाता

मान ब.बिश्वकर्माकालिकोट||गाउँपालिका वडा नं ९ को सरस्वती मा.बि थिर्पुमा कोरोना संक्रमण भयनभयको आर.डि.टि जाँच बाट परीक्षण गर्दा कोभिड १९ अर्थात कोरोना भाइरस संक्रमण नभएको स्वास्थ्य शाखा पलाँता ले जनायको छ । १२ जनाको आर.डि.टि जाँचमा कोरोना नभएको पुष्टि भयको हो । परीक्षणका क्रममा कोरोना परिक्षण गर्नको लागि कालिकोट जिल्लाबाट खटिएका निमित्त स्वास्थ्य सेवा ब्यबस्थापक डा. भिष्म प्रसाद पोख्रेल सिनियर अ.हे.व दिपक बहादुर रावल ल्याप टेक्निसियन चेतराज अधिकारि सहितको टोलिले कोरोनाको  परिक्षण गर्नु भएको थियो ।

उनीहरुमा कोरोना भाइरस अर्थात कोभिड–१९ नभएको पलाँता स्वास्थ्य प्रमुख हिमाल संञ्ज्यालले बताउनु भएको छ । देश तथा बिदेश बाट आएका कुनैपनि व्यत्तिहरुमा कोरोना नदेखिएको र परीक्षण गर्दा रिपोर्ट नेगेटिप देखिएकोसमेत  बताउनु भयो  । त्यसै गरि पलाँता सरकारले लकडाउनको घोषणा गरि रहदा पनि पलाँता बासिले भने लकडाउनको उर्लघंन गरेको पाईएको छ । स्वास्थ्य कर्मि कर्मचारी लगायतले सञ्चार माध्याम बाट सुचना प्रसारण गरि रहदा पनि र खाध्यनको सामाग्री उपलब्ध हुदाहुदै लकडाउनको बेला समुदायको लर्को लाग्ने काम अझै कम नभएको पाइएको छ । लकडाउनको अबधि भरि कोहि कसैे लाई पनि आवत जावत गर्नमा गाउँ पालिकाले रोक लगाएको छ ।