काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले ग्राहकहरुको माग अनुरुप नयाँ सुबिधाहरु थप गरेको छ । जस अन्तर्गत ग्राहकहरुले अब सजिलै सेलपे मोबाईल वा वेब एप्लीकेशन प्रयोग गरी सहज रुपमा सेलपेसँग आबद्ध भएका विभिन्न बीमा कम्पनीको बीमा रकम भुक्तानी र स्याकार इन्भेस्ट्मेण्ट कम्पनीका इएमआई भुक्तानी गर्न सक्नेछन् ।

साथै, ग्राहकले आफुले पठाएको रकम प्रापकले सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको नेपालभरीका आफुलाई पायक पर्ने जुनसुकै रेमिटेन्स एजेण्ट कहाँबाट प्राप्त गर्न सक्ने सेलपेले जनाएको छ । सेलपेले यस अवस्थामा यी थप सेवा र सुबिधाले सेलपेका ग्राहकहरुलाई सामाजिक दुरी कायम गर्नको साथै आफ्नो आवश्यक रकम भुक्तानीका कामहरु गर्न पनि सहजता पुर्याउनेछ ।हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशनको पालना गर्दै यो उक्त सुविधा ल्याएको हो ।

सेलपेका ग्राहकहरुले यस थप सेवाहरुको फाईदा लिनको लागि आफ्नो सेलपे एप्पमा गई हालै नयाँ थपिएका आइकन इएमआई र इन्सुरेन्समा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको सेलपेसँग आबद्ध भएका कम्पनीको लोगो छनौट गरी सजिलै आफ्नो आवश्यकता अनुरुप रकम भुक्तानी गर्न सक्नेछन् ।

यसका साथै देशभित्र कुनैपनी ठाउँमा सजिलै पैसा पठाउनका लागि ग्राहकहरुले रेमिट्यान्स आइकनमा क्लिक गरी आफ्नो इच्छा अनुरुप सिटी एक्स्प्रेस मनी ट्रान्स्फर एजेन्ट छनौट गरे पश्चात पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् ।

यसरी पैसा पठाईसकेपछि प्रेषकले आफ्नो सेलपे एप्पमा एउटा यूनिक आईडी प्राप्त गर्नेछन् र त्यस यूनिक आईडी प्रेषकले प्रापकलाई दिनु पर्नेछ र प्रापकले देशैभरी रहेका विभिन्न सिटी एक्स्प्रेस मनी ट्रान्स्फरका रेमिट्यान्स एजेन्ट मध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त यूनिक आईडी देखाएर सरल रुपमा पैसा प्राप्त सक्नेछन् ।