कालिकोट चैत्र ३०

कालिकोट । जिल्लाको खाडाचक्र नगरपालिका –८ मा रहेका स्वास्थ्यका कर्मचारी जनप्रतिनिधिबाट निरन्तर लकडाउन उलंघन गर्ने काम भइरहेको छ । वडा स्वास्थ्य केन्द्र प्रमुख दुर्गवहादुर विक,काग्रेस वडा सभापति सन्तोश मल्ल लगाएतको टोलिले ठुलो जमातसहित भोज भतेर गरेको घटना सेलाउन नपाउदै, फेरी वडाध्यक्ष आदिचन्द्र चौलागाई,सदस्य विष्णु चौलागाई, स्वास्थ्यकर्मी दुर्गवहादुर विक, कैलालीवाट लुकेर आएका रणचन्द्र चौलागाँई मकलु लगाएतको टोलि ठुलो जमात सहित मदिरा पार्टीमा भेटिएका छन् ।

विश्व कोरोना भाइरसवाट आक्रान्त भएको समयमा जन सेवाको काम छोडेर लकडाउन उलंघन गर्दै ठुलो जमात सहित जनप्रतिनिधि कर्मचारी मधिरा पार्टी गर्दै हिडेपछि समाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ ।
लकडाउन उलंघन गरे मदिरा पार्टी गरेको फोटो खिचेर सामाजिक सञ्जालमा भाइरल भएपछि वडाध्यक्ष,सदस्य र जिल्ला कमिटि सदस्य मकालुले राजनीति पावर लगाएर स्थानीय युवा प्रकाश मल्ललाई फोटो खिचेको आरोपमा प्रहरीलाई गिरफ्तार गर्न लगाई हिरासतमा राखेका छन ।
वडाध्यक्ष,सदस्य सहित १५÷२० जनाको टोलिले मादिरा सेवन गरि आएको टोलिले जथाभावी बोले पछि फोटो खिच्दा धम्काए उल्टै आफू र आफेनो आमालाई उजुर गरेर हिरासतमा राखेको स्थानीय युवा प्रकास मल्लले वताए ।