—-अग्निज्वाला सम्वाददाताा—-

२०७६,चैत्र ३० गते आईतवार

कालिकोट |कालीकोटः जिल्लाको खाडाचक्र नगरपालिका–८ का जनप्रतिनिधिहरुले मदिरा सेवन गरी होहल्ला गरेको भन्दै नागरिकले विरोध गरेका छन् ।खाडाचक्र नगरपालिका वडा नं ८ का वडाध्यक्ष आदिचन्द्र चौलागाई (झलक) र वडासदस्य विष्णु चौलागाईलाई मदिरा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा स्थानीयले फेला पारेका थिए । वडाका जनप्रतिनिधि स्थानीय सेरावाडा बजारमा आएर मदिरा सेवन गरिरहेको अवस्थामा सोही वडाका युवाले फोटो खिचेपछि वडाध्यक्ष आदिचन्द्र चौलागाई र वडासदस्य विष्णु चौलागाई गालिगलौज गरेपछि स्थानीय र जनप्रतिनिधि विचधकलाधकल भएको प्रकाश मल्लले बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड (१९) को संक्रमण फैलिन नदिका लागि अन्य वडाहरुले सचेतनाका कार्यक्रम गरेपनि वडा नं ८ का जनप्रतिनिधि भने लकडाउनका समयमा मदिरामा मस्त हुदै आएको स्थानीयले बताएका छन।

शनिवार पनि वडामा रहेको क्वारेन्टाईनको अनुगमन गर्ने भनि आएका जनप्रतिनिधिहरु मदिरा सेवन गरिरहेका अवस्थामा प्रकाश मल्लले फेला पारेपछि फोटो खिचेका थिए । प्रकाशले खिचेर फोटो डिलिट गर्न नमानेपछि जनप्रतिनिधिहरुले उनीहरुलाई गालिगलौज गरेपछि सामान्य धकालाधकल समेत भएको मल्लले बताए ।२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पूर्व एमालेबाट निर्वाचित जनप्रतिनिधिले मदिरा सेवन गरि होहल्ला गरिरहेको पाएपछि प्रकाशले फोटो खिचेको बताए । उनले भने, ‘सवैतिर लकडाउन छ तर जनप्रतिनिधिहरु मदिरामा मस्तदेखिपछि आफुलाई आश्चर्य लागेर फोटो खिचेको हुँ ।’ अहिले विश्वव्यापरी रुपमा फैलिएको कोरोना भाईरस कोभिड (१९) को संक्रमण फैलिन नदिनका लागि अन्य स्थानीय सरकारले विभिन्न कार्यक्रम गर्दै आएका छन् हाम्रा वडाध्यक्ष भने मदिरामा मस्त हुदै आएका छन् मल्ले भने, ‘यस्ता वडाध्यक्षबाट समृद्ध वडाको कल्पना कसरी गर्नु ।’
फोटोमा प्रष्ट रुपमा वडाध्यक्ष र वडासदस्य सहित अन्य २ जनाले ब्लु डाइमण्ड र मासुको पिलेट स्पष्ट देखिएको छ । यस विषयमा हामीले वडाध्यक्षलाई सम्पर्क गर्दा मोबाईल समेत अफ गरिएको छ ।।