—-अग्निज्वाला संवाददाता—-

२०७६,चैत्र २७ गते बिहिवार

मान ब. बिश्वकर्मा|कालिकोट-विश्व नै माहामारिले आतङ्कित र भएभित भएको छ दिन दुईगुणा त रात चौगुणा माहामारि ले ज्यान लगिरहेको छ । यहाँ न गरिब न धनी न कलाकार न नेता , न सुरक्षाकर्मी त न स्वास्थ्यकर्मी भनेको छ । चौतर्फी हमला गरिरहेको बेला शक्तिशाली राष्ट्र पनि आज घुडा टेकेर एक अर्को लाई हारगुहार गरिरहेका छन । एकातिर त अर्कोतिर देशै ठप्प गर्ने होडबाजिमा साना देखि ठुला सरकार लागिरहेका छन । सबैलाई घरभन्दा बाहिर ननिस्कन विभिन्न संचारमाध्यम तात्तिएर अपिल गर्न तल्लीन रहेका छन । यतिले मात्र यहाँ पुगेको छैन आज हामी कहि केही समस्या त कहि चेतनाको कारण नियम पालना गर्नमा कन्जुस्याइँ गरिरहेका छौ भने स्वास्थ्य क्षत्रमा पनि चेकजाँच गर्नु पर्छ म बिरामि भए पनि अरुलाई बिरामि हुन दिनु हुन्न भनेर कोहि कसैसँग मानबियताको अभाबका कारण सरकार देखि समुदाय संकटमा छ । यसैलाई बचाउन अबरत्न खटिरहने जो समाजसेवा होस् या बाध्यता ले जिबनको प्रबाहा नगरि भोक निन्द्रा र घाम पानी नभनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खट्नुपरेको छ ।

न यिनलाई प्रयाप्त मात्रामा स्रोधसाधन उपलब्ध गर्न सकेका छौ नत यिनलाई पकेट खर्च दैनिक उपलब्ध गर्न सकेका छौ अध्यारोमा खटिएर उधारो पेट पाल्न बाध्य छन । यसरी खटिने ब्याक्तिलाइ हौषला दिलाउन जरुरि हुन्छ । प्रोत्साहन दिएर थप बल पैदा गर्ने बेला कहिनेर हामी सरकार वालाले मन दुखाउनु राम्रो हुदैन आज एक अर्को पछि समाज आतङ्कित हुनेगरि तात्तिएका सामाजिक संजालका भित्ताले त्यति राम्रो हुदैन त्यसैले प्रत्यक पलपलमा जिम्मेवार निकाय सजक हुन जरुरि छ । निर्णय लिदा अघिपछि सबै अध्यायन गरेर लिन जरुरि छ । यहाँ दिनरात नभनेर यो बेला घरपरिवार नभनेर कोठाभित्रबाट दुनिया हल्लाउनेको जिउ ज्यान बचाउने लाई अति भन्दा अति प्रोत्साहन गरौ यहाँ अर्बौ कर छल्ने एनसेल कम्पनि र करोडौं छल्ने उद्योगी लाई कठघेरामा ल्याएर बैङ ब्यालेन्स सिधै कब्जा गरेर बिपदमा लगानि गरौ र राज्यलाइ बचाउँ अनि सम्पूर्ण समुदाय साथै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लाई सरकार भएको अनुभूति गराउनु नै हाम्रो कार्यभार हो । यो बेला वचन र बचाउन सकेनौ भने इतिहासले छोड्ने छैन हामी सचेत हुन आग्रह गर्दछु यो मेरो सानो सुझाब हो म धेरै जान्ने भएर हैन आजको प्रहरीको तलाब भत्ता काटेर बिपद कोषमा जम्मा गर्ने खबरले दुईचार अक्षर सन्देश मुलक लेखेको गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले बताउनु भयो । उहाले थप्नु भयो पलाँताले डिउटिमा खटिनेलाई दैनिक ५०० खानानास्ता खर्च बापत उपलब्ध गर्ने निर्णय गरेको छ । र पलाता सरकारले अहिले सम्म पलाँता २ स्वास्थ्य चौकी धौलागोहमा बिभिन्न स्वास्थ्य सामार्गी सम्पुर्ण स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मीहरु लागि सुरक्षा कवज पि पि इ १०० सेट १०० पिस सेनिटाइजर, सबै स्वास्थ्यकर्मिको लागि पि पि इ, सेनिटाइजर र ग्लोब्स बितरण गरेको र माक्स २००० पिस त्यसैगरी बिभिन्न स्वास्थ्य सामार्गी बितरण गरेको बताउनु भयको छ ।