—-अग्निज्वाला सम्वाददाता—-

२०७६,चैत्र २५ गते बुधबार

आम उत्पीडित जनताहरूको न्यायोचित व्यावस्थाका खातिर जिवनभर अमूल्य योगदान पुर्याउनु भएका, हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य कम्रेड डम्बर याक्सोको चैत्र २५ गते राति उपचारको क्रममा काठमाण्डौमा निधन भएको खबरले अत्यन्त मर्माहित बनायो । प्रदेश एकको धनकुटा निवासी कमरेड याक्सो लामो समयदेखि मृगौलाको समस्यासँग जुझ्दै आउनुभएको थियो । उहाँको निधनले पार्टी आन्दोलनमा ठूलो क्षति भएको छ ।

शासकहरूले महंगो सुविधा र उपचार गरेर दलाल सत्ताँलाई टिकाउदै आएका छन तर ठूलो आन्दोलनपछि आएको नाम मात्रको गणतन्त्रले आम जनताको जनजिवनलाई कहि कतै प्रभाव पारेको छैन । सामाजिक व्यवस्था रूपान्तरणको लागि संघर्ष गर्ने जननेताहरू/नागरिकहरू उचित उपचारको अभावमा मर्न बाध्य बनाउने संसदवाद-मुर्दावाद ! यो दुखको घडिमा शोकसन्तप्त परिवारजन, आफन्तजन तथा पार्टीका नेता कार्यकर्ता र सुभेछुकजनप्रति समवेदना ।
निरन्तर मुक्तिगामि अभियानमा जुट्ने प्रतिवद्धता सहित कम्रेड याक्सो प्रति हार्दिक श्रद्धाञ्जली: हामी सधैं याद गर्नेछौ कम्रेड !
-रातो सलाम सहित नेकपा माअोवादी केन्द्र केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला ईनचार्ज।जनक बिश्वकर्मा सागर